झापा । 

अस्कर अन्तर्राष्ट्रिय नेपालले देशभरका दश शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । कलेजले बुधबारबाट अभियान सञ्चालन गर्न लागेको कलेजका प्रधानाध्यापक रामराजा दाहालले जानकारी दिए । अभियान कक्षा–११ र १२ मा पढ्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए ।

अभियान २६ चैतसम्म चल्नेछ । अभियानका क्रममा सिनेमा विज्ञले सिनेमाबारेमा प्रभावकारी जानकारी दिने, अभियानक अभ्यास, हाजिरी जवाफ प्रतियोगिता तथा केही छोटो सिनेमाको प्रदर्शनी गरिने उनले बताए । कार्यक्रमले विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षा लिएको प्रधानाध्यापक दाहालले जानकारी दिए ।

अभियानको क्रममा बुधबार बिर्तामोडस्थित कञ्चनजंगा अंग्रेजी स्कुलमा साक्षतरता कार्यक्रम हुने आयोजक ओस्कार अन्तर्राष्ट्रिय कलेजले जनाएको छ । कलेजले बिर्तामोडसँगै विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, पोखरा, नारायणगढ, बुटवल, घोरही र धनगढीमा साक्षरता कार्यक्रम गर्दैछ ।

ओस्कार अन्तर्राष्ट्रिय कलेज सिनेमा सम्बन्धि स्नातक पढाई गर्ने नेपालको पहिलो कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ । २० वर्षदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ । यस कलेजबाट १३ वटा ब्याचबाट ७५० बढी विद्यार्थी दिक्षित भइसकेको ओस्कार अन्तर्राष्ट्रिय कलेजले जनाएको छ ।