लक्ष्मीपुर । 

 आज (शनिवार) दिनभर झापामा बिद्युत अबरुद्ध हुने भएको छ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनारमनी वितरण केन्द्रमार्फत वितरण हुने सम्पूर्ण स्थानहरुमा बिद्युत अवरुद्ध हुने भएको हो । 

दुहबी ग्रीडको गत १४ गते जारी सूचना अनुसार पाराजुङ्गी स्विचयार्डमा मर्मत कार्य हुने भएकाले दुहबी १३२ केभी सटडाउन भएकाले बिद्युत अवरुद्ध हुने भएको अनारमनी वितरण केन्द्रले सूचना जारी गरी जानकारी दिएको छ । 

जारी  सूचनामा भनिएको छ ‘तोकिएको समय भन्दा मर्मत कार्य छिटो वा ढिलो भएका केही समय ढिलो वा छिटो बिद्युत आउन सक्नेछ ।’