झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको बताएका छन् । मन्त्री अर्यालले बजारमा हल्ला फिजाइए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको दाबी गरेका छन्। 

केही दिन यता सार्वजनिक सञ्चारका माध्यमबाट मन्त्री अर्याल पार्टीका अन्य नेताहरूसँगै सहकारीको रकम अपचलनमा संलग्न रहेको दाबीसहित समाचार सार्वजनिक भएका छन् । 

उनले २०७८ सालमा आफु सो सहकारीको उपाध्यक्ष भएको बताउँदै आफ्नो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल नखाएपछि २०७८ साल पुस ११ गते नै राजीनामा दिएको बताए । उनले सरकारले समस्या ग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले उनको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

एक करोड लगानी गर्ने योजना बनाइ पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गर्दै मन्त्री अर्यालले सहकारीबाट आफ्नो उक्त रकम अहिलेसम्म फिर्ता नपाएको दाबी गरेका छन्।

मन्त्री अर्यालले आरोप लगाउनु पूर्व एक पटक अध्ययन गरेर मात्रै लेख्न र बोल्न सञ्चारकर्मीहरूसँग आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।