बिर्तामोड ।
झापा बिद्युतीय ब्यवसायी संघ बिर्तामोडले भवनका लागि जग्गा प्रदान गर्ने संघका संस्थापक अध्यक्ष दीपचन्द्र अग्रवाल र उनकी धर्मपत्नि अनिता अग्रवाललाई सम्मान गरेको छ । अग्रवाल दम्पतीले संघको भवन निर्माणका लागि बिर्तामोड–४ मा साढे ८ धुर जग्गा प्रदान गरेका छन् ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
अग्रवाल दम्पतीलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड उद्योग बायिाज्य संघका अध्यक्ष राजु न्यौपाने र संघका अध्यक्ष डिल्लीराम बाराकोटी, निवर्तमान अध्यक्ष भक्क्ती प्रसाद पाठक लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
अग्रवालले सामाजिक उत्तरदायित्व वहन गर्दै संघको भवन निमार्णका लागि जग्गा उपलब्ध गराएको बताएका छन् । संघले बिर्तामोडमा नव बर्ष २०८१ को शुभकामना आदान–प्रदान, सम्मान कार्यक्रम तथा क्यालेण्डर बिमोचनका क्रममा अग्रवाल दम्पतीलाई सम्मान गरेको हो ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले आफु ब्यवसायीको नेता भएकाले ब्यवसायीको हकहितका लागि जुनसुकै समय पनि सहयोग गर्नपछि नपर्ने बताएका छन् । ब्यवसायीलाई परेको समस्या जानकारी गराए त्यसको प्रतिवाद गर्नसमेत पछि नपर्ने न्यौपानेले बताएका छन् । पछिल्लो समय देशमा आर्थिक मन्दीको असर प्रत्यक्ष ब्यवसायीमा परेकाले बिर्तामोड क्षेत्रका धेरै ब्यवसायी पलायन हुने क्रम बढेको बताउँदै प्रमुख अतिथि न्यौपानेले क्रमश ब्यवसाय फष्टाउँदै जाने भएकाले ब्यवसायीले ब्यवसाय नछोड्न समेत आग्रह गरेका छन् ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
सोही कार्यक्रममा अग्रवाल दम्पतीले निर्माण हुने उक्त संघको भवनको एक तलाका लागि लाग्ने सम्पूर्ण ढकाल खर्चसमेत दिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा वर्तमान अध्यक्ष डिल्लीराम बाराकोटीले भवन निर्माणका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
संघका अध्यक्ष डिल्लीराम बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका उपाध्यक्ष अम्बरबहादुर अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, संघका निवर्तमान अध्यक्ष भक्तिप्रसाद पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रोशन बस्नेतले गरेका थिए ।
संघको क्यालेण्डर प्रकाशनका लागि सहयोग गर्ने ४८ जनालाई क्यालेण्डर प्रदान गर्दै संघका सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा संघका सह–सचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाललगायतको उपस्थिति रहेको थियो । संघका एक सय ५० वढी बिद्युतीय ब्यवसायी आवद्ध रहेको बताइएको छ ।