बिर्तामोड । 

मिस नेपाल २०२४ का लागि अडिशन शुरु भएको छ । द हिडन ट्रेजरले अप्रिल १० तारिखदेखि  विभिन्न स्थानमा अडिसन शुरु गरेको बिर्तामोडमा शुक्रवार (आज) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

बिर्तामोड,इटहरी, विरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, पोखरा र काठमाडौं लगायतका विभिन्न सहरमा प्रतियोगिताका लागि अडिसन हुने आयोजक संस्थाका निर्देशक गिरेन्द्रमान राजवंशीले जानकारी दिए । 

प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित युवतीले सहभागीता जनाउन सक्नेछन् । जसमा ५.३ फिट उचाई, कक्षा १२ उत्तीर्ण हुन पर्ने छ । प्रतियोगितामा सहभागीता जनाउने आवेदकले  निःशुल्क रुपमा अनलाइन मार्फत फारम भर्न सक्ने बताइएको छ । प्रतियोगिताको अडिसन बिर्तामोडमा २३ गते हुने आयोजकले जनाएको छ । आवेदन दिएकालाई निःशुल्क रुपमा एक महिना १५ दिन तालिम आयोजक संस्थाले प्रदान गर्ने निर्देशक राजवंशीको बताए । फाइनल अडिसन मे १८ २०२४ मा काठमाडौंमा हुने  र त्यसबाट छानिएका प्रतियोगीहरुले ग्राण्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनु पर्ने बताइएको छ ।

कार्यक्रममा मिस नेपाल २०२३ कि सृच्क्षा प्रधान, मिस नेपाल अर्थ १०१८ कि प्रिया सिग्देल, बिर्तामोडका लागि प्रतियोगिताका कोअडिनेटर सन्तोष अग्रवाल लगायतले आ–आफ्नो भनाई राखेका थिए । सन १९९४ देखि शुरु भएको मिस नेपाल प्रतियाोगिता ३० वर्षमा प्रवेश गरेको बताइएको छ ।