बिर्तामोड ।
महेन्द्रा उत्सव अन्तरगत ट्याक्टर खरिदमा लक्की ड्र मार्फत उपहार प्राप्त गर्नेलाई बिर्तामोडमा उपहार हस्तान्तरण गरिएको छ । महेन्द्रा उत्सव अन्तरगत बिहीवार (आज) बिर्तामोडमा लक्की ड्र उपहारा हस्तान्तरण तथा ग्राहक भेटघाट कार्यक्रमका बिच उपहार हस्तान्तरण गरिएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
महेन्द्रको ट्याक्टर खरिदमा लक्की ड्र मर्फत उपहार हात पार्ने पाँचथरको मिक्लाजुङ गाउँपालिकाका मिसेक फ्याकलाई उक्त कार्यक्रममा उपहार प्रदान गरिएको छ ।
महेन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटर तथा झापाका लागि आधिकारी बिक्रेता बिर्तामोडको सकुसल ट्रेडलिङमार्फत मिसेकले गत दशैंपछि ट्याक्टर खरिद गरेका थिए । उनले खरिद गरेको ट्याक्टर अन्तरगत लक्की ड्रमार्फत जावा ८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको मोटरसाइकल समारोहका बिच हस्तान्तरण गरिएको हो ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
मिसेकलाई महेन्द्राका कन्ट्री मेनेजर रक्सित राय, अग्नि इनकर्पोरेटरका उपनिर्देशक बरदान बस्नेत, अग्निका उपमहाप्रवन्धक प्रत्युस श्रेष्ठ, सकुसल ट्रेडलिङका सञ्चालक टुकेन्द्रराज अधिकारी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निबर्तमान अध्यक्ष प्रकाश श्रेष्ठलगायतले उपहार हस्तान्तरण गरेका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
महेन्द्रा उत्सव अन्तरगत लक्की ड्र मार्फत चरीकोटको देवकोटा निर्माण सेवालाई महेन्द्राको ३ लाख ५० हजार मूल्य बराबरको जेनेटर र बिरगञ्जका अदेश कुमारलाई महेन्द्राको ५ लाख ९५ हजार मूल्य बराबरको इअटो ‘टियोयारी’ उपहार लक्की ड्र मार्फत उपहार परेको सकुसल ट्रेडलिङका प्रजित पुरीले जानकारी दिए ।