बिर्तामोड ।

चलचित्र पत्रकार संघ नेपाल झापाले २५ औँ स्थापना दिवस मनाएको छ । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा संघले सोमवार (आज) स्थापना दिवस मनाएको हो ।

संघका झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको विशेष आतिथ्य रहेको थियो । 

झापामा पहिलोपटक संघको स्थापना दिवस मनाइएको हो । केक काटेर मनाइएको स्थापना दिवस मनाइएको हो ।  कार्यक्रममा चलचित्रकर्मी संघका कोषाध्यक्ष रोहन विश्वकर्मा, चलचित्र निर्माता युवराज गिरी, ढुवानी व्यवसायी तथा चलचित्रकर्मी निर्मल खत्री, क्युएफएक्सका व्यवस्थापक केदार बस्नेतलगायत आतिथ्य रहेको थियो भने पत्रकारको उपस्थिति रहेको थियो ।