सुनसरी।

ट्राफिक ब्यवस्थापनको सहजताका लागि इटहरीमा रहेको अटो सिटी बजाज सोरुमका सञ्चालक प्रदिपकुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ वटा बिद्युतीय टेम्पो प्रदान गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ब्यवसायी सन्थालियाले ४ वटा बिद्युतीय  टेम्पो प्रदान गरेका हुन् । 

खापुङले सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतीय टेम्पो  ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे ।  कार्यक्रममा खापुङले सन्थालियालाई  धन्यवाद दिदै उक्त बिद्युतीय सवारी साधनले ट्राफिक प्रहरीलाई  ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै उक्त सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरीने बताएका छन् ।

कार्यक्रममा समाजसेवी सन्थालियाले सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतीय टेम्पो प्रदान गरेको बताए । उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरी जिल्लाका प्रहरी प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।