काँकरभिट्टा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित आयाबारीमा सञ्चालित माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टरले प्रथम बार्षिकोत्सव सम्पन्न गरेको छ । 

सर्भिस सेन्टरका कार्यकारी ब्यवस्थापक ओमप्रकाश खापुङको अध्यक्षतामा आज (मंगलबार) भएको कार्यक्रमको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । प्रमुख अतिथि खापुङले बार्षिकोत्सवसँगै दुई र तीन पाङ्गे बिद्युतीय सवारी साधानको समेत उद्घाटन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रमुख खापुङले केही समय यता देशमा देखिएको आर्थिक मन्दी र बेरोजगारीका कारण ब्यवसायी पलायन हुँदै गएको अवस्थामा पनि रिकन्डिशन सर्भिस सेन्टरले २५ वढीलाई रोजगारी दिदै ब्यवसायलाई चलायमान गरेको भन्दै अझ प्रगतिको शुभकामना दिएका छन् । 

khapung

उनले एसईई पास गर्ने तथा युवाहरु देश छाड्ने अवस्था हुँदा हुँदै पनि बजारलाई थोरै भएपनि चलायमान बनाएर रोजगारी सिर्जना गरेको भन्दै सर्भिस सेन्टरका सञ्चालकको प्रशंसासमेत गरे । 

एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बुले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, कोशी प्रदेश निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस झापा उप–सभापति केशवराज पाण्डे, यातायात ब्यवसायीका तर्फबाट डिल्लीराम घिमिरे, नाटाको तर्फबाट उदयकुमार श्रेष्ठलगायतले शसभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बु फियाकले गरेकी थिइन् । 

सर्भिस सेन्टरमा सवारी साधन मर्मत, पुराना सवारी साधन खरिद बिक्री, सम्पूर्ण सवारी साधनका मोटर पार्टस बिक्री, गाडी रिजर्वको ब्यवस्था, सवारी साधन धुलाई तथा सरसफाई, बिद्युतीय सवारी साधन बिक्रीलगायतका सेवा रहेको कार्यकारी ब्यवस्थापक खापुङले जानकारी दिए ।