झापा । 

आधुनिक नेपालका परिकल्पनाकार, नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ देशभर मनाइएको छ ।

यस दिवसको सन्दर्भ पारेर झापामा नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिकातहमा विपी जयन्ती मनाइएको छ । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवं जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी विपी जयन्ती मनाइएको हो । 

यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकले पालिका तहमा कार्यक्रम गर्ने निर्णयानुसार  सबै पालिकामा विविध कार्यक्रम साथ विपी जन्मजयन्ती मनाइएको हो ।

नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा झापाको भद्रपुर–१० स्थित वीपीको पूर्णकदको शालिकमा माल्यार्पण र विचार गोष्ठी सम्पन्न भएको छ । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्य र क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा विचार गोष्ठी सम्पन्न भएको हो ।

कनकाई, विर्तामोड, अर्जुनधारा, शिवसतासी, मेचीनगरदमकमा नगर समिति, बुद्धशान्ति गाउँ, झापा गाउँ कमल गाउँपालिकालगायत झापाका सवै स्थानीय तहमा बिबिध कार्यक्रम गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ ।