झापा । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ  नेपालले केन्द्रीय समितिमा झापाका युवा नेता सुदीप खवासलाई मनोनित गरेको छ । 

माओवादी पृष्ठभूमि हुँदै स्वतन्त्र गणतान्त्रिक मोर्चाको युवा विभागका पूर्व केन्द्रीय संयोजक खवास स्वतन्त्र गणतान्त्रिक मोर्चा र एकीकृत समाजवादीको एकतापछि पार्टीको झापा जिल्ला कमिटी सदस्य थिए ।

उनी युवा संघ नेपालको झापा जिल्लाको सह–संयोजकको रुपमा कार्यरत रहेका थिए । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नितेश पौडेलका अनुसार झापाबाट खवासलाई केन्द्रीय समितिमा थप गरिएको हो ।