झापा ।
संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङ जिल्ला समन्वय समितिको संयोजकमा प्रदीप मादेन ‘नानी’ चयन भएका छन् । आइतबार फुङलिङ बजारमा भएको मोर्चाको भेलालले मादेनको संयोजकत्वमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङ गठन गरेको हो ।
समितिको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङखिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन भएका छन् । यस्तै सदस्य सचिवमा धनकुमार येङदेन, प्रवक्तामा सरोज कङलिवा, सह–सचिवमा चतुरमती थाङदेन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वालाई जिम्मेवारी दिइएको छ ।
भेलालले सल्लाहकारमा मोती पालुङवा, कर्णबहादुर पालुङवा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कृतिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्क तुम्बाहाम्फेलाई चयन गरेको छ ।
कार्यक्रम मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन, मा. राजकुमार नाल्बो, एलबी पालुङवा, बिराज आङदेम्बे, कृतिमान मादेन, इन्दिरा धौराली, भरत गुरुङ र मोति पालुङवालगायतका आतिथ्य रहेको थियो ।
सो कार्यक्रममा गत फागुन १० गते नो केबलकार संघर्षको क्रममा राज्यले अपराधिक शैलीमा निर्मम र अमानवीय दमन गरिएका घाइते तथा ‘फुङलिङ काण्ड’मा जबर्जस्ती बिनाकसुर २७ दिन कस्टडीमा थुनिएका १८ जना र ९ जना पक्राउपुर्जी जारी गरिएका योद्धाहरुलाई सम्मान गरिएको थियो ।
मुक्कुमलुङ संघर्षका क्रममा घाइते योद्धाहरु अशिम पालुङवा, चन्द्र मादेन, धर्मान पालुङवा, हरि येङदेन, सम्मर येङदेनलाई ‘ताप्लेजुङ युके समाज’ले विशेष आर्थिक सहयोगमा सम्मान गरिएको हो । त्यसैगरी फुरुम्बो पालुङ्वा बंश प्रतिष्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिले घाइतेहरुलाई आर्थिक सहयोग समेत घाइतेहरुलाई प्रदान गरेको छ ।
साथै २७ दिनसम्म प्रहरी कस्टडीमा रहँदा सबै खालको सहयोग गरेर महत्त्वपूर्ण भुमिका खेल्नु हुने पहिचानवादी नेता कृतिमान मादेन, नरकुमारी नाल्बो, चतुरमती थाङदेन, शिवकला लिबाङलगायतलाई कार्यक्रमबाट विशेष सम्मान गरिएको छ ।
बिरेन तबेबुङको संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी युवा मोर्चा गठन गरिएको छ । १३ सदस्यीय समितिको सह–संयोजकत्वमा जनम इधिङगो रहेका संयुक्त पहिचानबादी मोर्चाका झापा संयोजक एलबी पालुङ्वाले जानकारी दिए ।

















