झापा । 

तामाको तारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–७ र ५ नम्बर पोष्टस्थित चिया बगानको प्रहरी चौकी सतिघट्टाबाट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ती भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

भारतको जिल्ला दार्जिलिङ पानिटयाङकीका २७ बर्षिय तापच बरमण र सोही स्थानका  २२ बर्षिय अमित सरकारलाई तामाको तारसहित नियन्त्रण गरिएको छ । उनीहरुमाथि शंका लागेर चेकजाँच तथा सोधपुछ गर्दा तामाको तार ४ मुठा फेला पारी तौल अन्दाजी १०० केजी ८० हजार बराबर रहेको थियो । 

तत्काल इलाका प्रहरी कायालय काँकरभिट्टामा बुझाएर उनीहरुलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त तार मेचीनगर–१३ चारआली आसपासबाट चोरी गरेको उनीहरुले बताएका छन् । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा ल्याएको र नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको भनि निवेदन दिएकाले उनीहरुलाई मंगलबारबाटै लागू हुने गरी दिन ५ को म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।