झापा ।

गायक दिनेश भारती र गायिका मेलिना राईको स्वरमा सजिएको म्युजिक भिडियो  ‘नाम के हो नानी चन्द्र कुमारी’ मिलियनवढी भ्यूवर्स बनाउन सफल भएको छ । यो समाचार बनाउँदासम्ममा १.३ मिलियन भ्यूवर्स बनाउन सफल भएको छ ।  एक महिना अघि सार्बजनिक भएको गीत मिलियन क्लबमा प्रबेश गरेको हो ।

डान्सिङ्ग प्याटनको उक्त गीतमा मोडलद्वय बिना राउत र धनकुटाका सुमन योगीको अभिनय रहेको छ । ‘टीन्ज क्रु’ को प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिंङ मास्टरिङ्ग जीवन बडुको रहेको छ ।

गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् । देब दोर्जेले छायांकन गरेको उक्त भिडियोलाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स ग्रुप रहेको छ। गीत मोडल सुमन योगीको युट्युबबाट सार्वजनिक गरिएको थियो ।

भिडियो पनि :