झापा । 

झापाको दमक नगरपालिका–२ संगम चोकमा अरिङगालले टोकेर दुई जना बालक घाइते भएका छन् । शुक्रवार बिहान १० बजेको समयमा दुई जना बालकलाई अरिङगालले टोक्दा घाइते भएका हुन् । 

दमक–२ की बिन्दीया राईको छोरा ६ बर्षिय समिर राई र मोरङको उर्लाबारी नगरपालिका–१ का धनकुमार तामाङको छोरा १० बर्षिय छेवाङ तामाङ लुकामारी खेल्दै जाने क्रममा अरिङगालले टोकेको थियो । 

लुकामारी खेल्ने क्रममा दमक–२ का प्रकाश आङदाम्बेको खाली पुरानो दुई तले काठको घर भित्र पस्दा सोही घर भित्र रहेको अरिंङगालको घारलाई चलाउने क्रममा अरिंङगालले दुबै जनालाई टोकेर घाइते भएका थिए । 

दुवै बालकलाई घाइते भई टाउँको, शरिरको बिभिन्न भागमा सुन्निएको, खरखरे आम्दा अस्पताल दमकमा ल््याई उपचार भइरहेको छ । दुबैको अवस्था बोल्न सक्ने मध्यम रहेको र उपचारमा आफन्त संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।