झापा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ । बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले थप कडा कदम चाल्ने निर्णय गरेको हो ।
बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुबैबाट सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।
रास्वपाको आन्दोलनले जनतामा भावना स्थापित गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले सत्तारुढ दलहरूका साथ सम्झौता नगरेको रास्वपाको अडानलाई जनताले समर्थन गरेका छन् । रास्वपाले संवादको ढोका खुला राखेर आन्दोलनको बाटो पनि अगाडि बढाउने जनाएको छ ।
उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधको विरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताएका छन् । रास्वपाले संसदको सीमित संख्याबाट नभएर जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ ।


















