झापा ।  

झापा कनकाई नगरपालिका–३ सुरुङ्गास्थित टेम्पु स्टेण्डबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आज (शुक्रवार) बिहान ६ः३० कजेको समयमा सिन्धुलीको भिमान नगरपालिका–१० का २६ बर्षीय बिनोद बि.क. र झापा गाउँपालिका–३का २४ बर्षीय प्रेमकला महतो पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा प्लाष्टिक पोकामा ती ३ पोका ३०० ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थसहित उनीहरु पक्राउ परेका हुन् । 

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।