झापा । 

अविरल बर्षाका कारण झापामा एक घरमा ठूलो क्षति भएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पिङकिठ्याकका ज्ञानबहादुर गिरीको घरमा क्षति भएको हो । 

आज (आइतवार) अन्दाजी १ः४५ बजेको समयमा अबिरल बर्षाका कारण जस्ताको छाना भएको एक तले भान्सा घर र पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

भान्साघर र पर्खाल  भत्किएर पूर्ण क्षति हुँदा  २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । झापासहित पूर्व नेपालमा शनिवारदेखि परेको अविरल बर्षाका कारण जनजीवन प्रभावित हुँदै गएको छ ।