झापा ।
झापाको कमल गाउँपालिका–६ प्रतिवन्धीत औषधीसहित मेडिकल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । गएराति ९ बजेको समयमा प्रहरीले दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक ४० बर्षिय गंगाबहादुर खड्कासहित बिष्णु प्रसाद बगाले पक्राउ परेका छन् ।
कमल–६ काटाचोकका बिष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो ।
घरमा तलासी लिने क्रममा घरधनि बगाले र दमक नगरपालिका–६ थानारोडका दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक खड्का प्रतिबन्धित औषधिहरु लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।
उक्त प्रतिबन्धित औषधिहरुसहितउनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त स्थानबाट Tramadol Hydrochlorides Capsules I.P. Tramol-५० लेखिएको जम्मा तीन हजार क्याप्सुल, Dicyclomine Hydrochloride Tablets I.P. लेखिएको जम्मा दुई हजार एक सय १० ट्याबलेट र SPASPAIN लेखिएको जम्मा दुई हजार ५० ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।


















