झापा ।  

झापाको दमक नगरपालिका–४ स्थित चिया दोकानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दमक नगरपालिका–४ चियादोकानका पासाङ तामाङकी श्रीमती २६ बर्षिया सितल भन्ने ज्योती राई तामाङ, कमल गाउँपालिका–५ पाथिभरा टोलका २७ बर्षिय संजिब लिम्बु, सोही स्थाका वसन्त राई र दमक–४ का सन्दिप धिमाल रहेका छन् । 

सोही स्थानको पासाङ तामाङको घर कोठामा लागुऔषध अर्थात खैरो हेरोईन बिक्री वितरण तथा कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घर कोठामा तलासी लिएको थियो । 

खानतलासीका क्रममा प्रतिबन्धित लागुऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक जम्मा ३ ग्राम ३२० मिलिग्राम फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।