झापा । 

झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । 

लागू औषध ब्राउन सुगरको कारोवार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा  आज (आइतवार) दिनको अन्दाजी १ बजेको समयमा प्रहरीले श्रेलागूऔषधसहित श्रेष्ठलाई पक्राउ गरेको हो । 

 श्रेष्ठको घरमा  वडा प्रहरी कार्यालय प्रहरी र प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई  तलासी लिदाँ कालो प्लाष्टिकको टुक्रामा पोका पारेको सानो डल्लो   २ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । 

उक्त लागूओषध र श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसंधान भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।