झापा । 

करेन्ट लागेर हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । आज (आइतवार) साँझ ५ः४० बजेको समयमा हल्दीबारी गाउँपालिका–४ ऐनावारीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

संखुवासभा चैनपुर  नगरपालिका–२ घर भई हाल झापा हल्दीवारी  गाउँपालिका–४ ऐनावारी स्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्र काम गर्ने बर्ष ३०÷३१ बर्षिय राम कुमार अधिकारी करेन्ट लागेर मृत्यु भएको हो । 

सोही स्थानस्थित नजिकै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाबाट अधिकृतसहित टोलि प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । लाश पोष्टमार्टम गर्न प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।