झापा ।
झापाको भद्रपुर नगरपालिका –५ मेचीपुल पुलबाट आज (मंगलबार) साँझ ५ः४० बजेको समयमा लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–७ गार्मेन्ट चोकका २९ बर्षिय सागर पौडेल छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ७ प २८९१ नं।को मोसा चालक पौडेललाई शंका लागी चेकजाँच गरेको थियो ।
उनले मलद्धार भित्र लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक वाहेक ५ ग्राम ७० मिलिग्राम फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । उनको थप अनुसन्धान तथा आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय झापामा भइरहेको प्रहरीले जनाएको छ ।


















