झापा ।
झापाको मेचीनगर–६ भन्सार गेट अगाडीबाट गाडी, मोवाइल पार्टपूर्जासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज (मंगलबार) ३ः ३० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको चालक शिवनगर कोलनी प्रधाननगर न्यू दार्जेलिङ वेष्ट बंगाल सिलिगुढीका २८ बर्षिय राज ठाकुर पक्राउ परेका छन् ।
उनले चलाई ल्याएको WB २६ KO ७४६ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा भन्सार छली लुकाई छिपाई ल्याएको मोवाइलको पार्ट पुर्जाहरु गाडीको पछाडीको डिकीको भागमा मोवाइल पार्टहरु फेला परेको थियो । उक्त गाठीमा आइफोन ग्लास–४१ पिस, आइफोन एलसीडी जिएक्स–४१ पिस, आइफोन एलसीडी–२८ पिस एन्द्रोड एलसीडी–२३० पिस, एन्द्रोड कभर ग्लास–३६ पिस आइफोन टच–२ पिस टेव टच–२ पिसआइफोन ब्याट्री–५८ पिस एन्द्रोड ब्याट्री– १९० पिस, एन्द्रोड एलसीडी मिडनेक्स–११० पिस, एनसिएल आइफोन एलसीडी १५ पिस र एन्द्रोड एलसीडी –१७ पिस, गरी जम्मा गाडीसहित अन्दाजी १४ लाख ३० हजार बराबरको मोबाईलको पार्ट फेला पारी नियन्त्रणमा लिएको थियो ।
उक्त सामाग्रीसहित ब्यक्तलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको थियो भने साँझ ५ः३० बजेको समयमा आवश्यक कारवाहीको लागि मेचि भन्सार कार्यालयमा गाडि, गाडि चालक र सामानसहित पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















