झापा ।  

झापाको दमक नगरपालिका–१० मा एक जना बालकको खोलामा डुवेर मृत्यु भएको छ । आज (बुधवार) बिहान ७ बजेको समयमा खोलामा पाडी खेल्ने क्रममा खोलाले बगाएर घाइते भएका बालकको मृत्यु भएको हो । 

सोही स्थाका ईन्द्र प्रसाईका छोरा ११ बर्षिय धर्मेन्द्र प्रसाईको मृत्यु भएको हो । धमेन्द्र र सोही स्थानका कृष्णप्रसाद ढकालका ११ बर्षिय छोरा भुपेन्द्र ढकाल समेत २ जना खेल्दै जाने क्रममा घरदेखी अन्दाजी.२०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पसेर पौडी खेल्ने क्रममा धर्मेन्द्र प्रसाईलाई खोलाले बगाएको थियो । 

अन्दाजी ६०० मिटर परसम्म बगाईरहेको अवस्थामा स्थानियले देखेर तत्काल खोलाबाट निकाली उपचारको लागि  निम्स अस्पताल दमक लगिएको थियो । 

अस्पतालमा पुर्याउन साथ बिहान ७ः५० बजे डाक्टरले उनलाई मृत घोषणा गरेको थिए । लाश तत्काल सोही अस्पतालमा रहेको, अन्य अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।