झापा ।
झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीले चार वटा घरमा क्षति पुर्याएको छ । गएराति १२ः३० बजे आएका दुई वटा जंगली हात्तीले चारवाटा घरमा क्षति पुर्याएको हो ।
हात्तीले मेचीनगर–१ का नर्वु तामाङको भान्सा घरको टिनको छाना भत्काउँदा २५ हजार, सोही स्थानका प्रेमबहादुर भारतीको घर बाहिर राखिएको २ मन धान खादा तीन हजार, सुनिता तामाङको ५ कठ्ठामा लगाएको हरियो धानको बोट खादा ३० हजार र जीतबहादुर मगरको ५ कठ्ठामा लगाएको हरियो धानको बोट खादा ३० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जंगली हात्रीले जम्मा ८८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















