झापा । 

संयुक्त पहिचानवादी मोर्चाले उप–निर्वाचनमा साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने जनाएको छ । गत बुधवार ललितपुर–थसिखेलस्थित पहिचानवादी मोर्चाको केन्द्रीय कार्यालयमा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावतीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उप–निर्वाचनमा साझा उम्मेद्वार प्रस्तुत गर्नेसहित तीन बुँदे निर्णय गरेको हो ।

वैठकले उक्त निर्णयहरू पारित गरी कार्यान्वयनका लागि परिपत्र जारी गरेको घटक दल नेपाल जनमुक्ति पार्टीका झापाका संयोजक तथा युवा नेता एलबी पालुङ्वाले जानकारी दिएका छन् । 

रुपन्देही संघीय निर्वाचन क्षेत्र नं. ३ मा हुने उप–निर्वाचनमा घटक दल नेपाल जनमुक्ति पार्टीका उम्मेदवारलाई संयुक्त पहिचानवादी मोर्चाले साझा उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गर्दै उक्त एकताको प्रक्रियालाई थप मजबुत बनाउने निर्याय गरेको छ । 

एकतालाई अझ बृहत बनाउन घटक सदस्य थप्ने छलफल निरन्तर जारी रहने, यस क्रममा देशभक्त समाजवादी मोर्चा र नेपाल बौद्ध अम्बेडकर महासभालाई संयुक्त पहिचानवादी मोचांका घटक सदस्यका रूपमा रहने निर्णय गरेको छ भने 

दुवै घटक दलबाट एक–एक सचिवालय सदस्य र एक–एक कार्यदल सदस्य पठाउनु पर्ने देशभक्त समाजवादी मोर्चाको नाममा सदस्य घटक रहने इच्छापत्र संयुक्त पहिचानवादी मोर्चालाई पठाउनु पर्ने निर्याय गरेको छ । 

त्यसैगरी नयाँ बन्ने एकीकृत बृहत पार्टीको नाम, झन्डा, चुनाव चिन्ह, वैचारिक तथा सैद्धान्तिक पक्ष, रणनीतिक कार्यक्रम र कार्यदिशा, शासकीय स्वरूप, सांगठनिक संरचना, नेता कार्यकर्ताको व्यवस्थापन, १ नं. प्रदेशको साझा नामको निर्कील र विधान तथा घोषणापत्रको मस्यौदा तयार गरी आगामी भदौ १५ गतेसम्ममा पेश  गर्ने निर्णय गरेको संयुक्त पहिचानवादी मोर्चाका  सदस्य सचिव अशोक चेम्जोङद्धारा जारी सचिवालय परिपत्रमा उल्लेख छ ।