झापा । 

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शनिवार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का २४ बर्षिय रामहरी सिलवाल र सोही स्थानका २३ बर्षिय सुरेन्द्र सिलवाल छन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन  २८ ग्राम ६९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उक्त लागुऔषधसहितउनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।