झापा । 

झापामा उद्धार कार्य गर्ने ब्यक्ति नै चोरीमा संलग्न रहेको खुलेको छ । झापाको कमल गाउँपालिला–६ का ३० बर्षिय मनोज लिम्बु दोमुखाबाट घरतर्फ फर्कने क्रममा गत साउन २९ गते शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा अवस्थामा स्थानियहरुले देखेर उनलाई एम्बुलेन्समा हाल्दै गर्दा उनले घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्रामको सुनको सिक्री हराएको थियो । गत साउन ३१ गते सुनको सिक्री हराएको इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिई प्रहरीद्धारा अनुसन्धान साथै खोजिकार्य शुरु गरिएको थियो । 

सो क्रममा उक्त सुनको सिक्रि घाइतेको उद्धार कार्यमा संलग्न शिवसताक्षी नगरपालिका–८ का २८ बर्षिय सुरज हलुवाई र सोही स्थानका २६ बर्षिय गोबिन हाङ लिम्बुले चोरी खुलेको प्रहरीले जनाएको छ । 

उक्त सुनसहित उनीहरुलाई खोजिकार्य गर्ने क्रममा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सुनको सिक्रिको टुक्रा र नेपाली नगद ३० हजार रुपैयाँसहित गत आइतबार अर्थात भदौं १ गते बेलुका अन्दाजी ६ः३५ बजेको समयमा शिवसताक्षी नगरपालिका–८ गणेश चौकबाट बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छ ।

मुलुकि अपराध संहिता २०७४ अन्तर्गत चोरि कसुरमा अनुसन्धानको लागि उनीहरुलाई जिल्ला अदालत झापाबाट दिन ५ म्याद अनुमति लिएर जिल्ला प्रहरी कार्यालयमा झापामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।