झापा । 

झापा बिर्तामोड  नगरपालिका–५ सुगमपेट्रोल पम्प नजिकै पार्किङ गरी राखेको एउटा ट्रकमा आगलागी भएको छ । आज (बुधवार) दिनको ४ः३० बजेको समयमा ना ४ ख ४१८१ नम्बरको ट्रकमा अचानक तार सर्ट भएर आगलागी भएको हो । 

ट्रकमा आगलागी भईरहेको भन्ने ४ः३५ बजे इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी प्राप्त हुना साथ तत्काल उक्त स्थानमा प्रहरी र स्थानियवासी सहयोगमा मटरको पानीको प्रयोग गरेर आगो ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

उक्त आगलागीबाट ट्रकको कागजपत्रसहित अगाडी पट्टी भित्रको क्याबिनको भागमा (चालक र सहचालक बस्ने) र ईन्जिनको भाग समेत आंशिक रुपमा जल्दा  पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।