झापा । 

झापामा आज बिहान राति भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । आज बिहान राति १ः२० बजेको समयमा बुद्धशान्ति गाउँपालिका–६ धर्मकाटास्थित मेची राजमार्ग सडक खण्डमा दुर्घटना भएको थियो । ताप्लेजुङबाट बिर्तामोड झापातर्फ आउँदै  गरेको  प्र १–०१–००१ ज ४०८८ न. को इभी भ्यान आफै अनियन्त्रित भएर  दुर्घटना भएको थियो । 

दुर्घटनमा भ्यानका चालकसहित ९ जना घाइतेहरुलाई उद्धार गरेर उपचारको लागि तत्काल वीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको थियो । 

इभी भ्यान तत्काल घटना स्थलमा रहेको र बाटो अबरोध नभएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा चालक (भ्यान साहुजि) ताप्लेजुङ फुङलिङ गाउँपालिका–२ का अन्दाजी ३० बर्षीय लाक्पा थेपेन शेर्पा बाहिरी चोट नदेखिएको अवस्था बोल्न सक्ने समान्य इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेका छन् । 

यसैगरी भक्तपुरको चागुनारायण नगरपालिका–१ का १२ बर्षीय सेसेहाङ सुवा, सोही स्थानका ३४ बर्षीय प्रेम योङहाङ, १९ बर्षीया सुविमा लिम्बु, ३२ बर्षीया टिका लिम्बु, अर्जुनधारा–१० का ४४ बर्षीय बिजय लिम्बु सोही स्थानकी ४२ बर्षीया मनकुमारी लिम्बु, दमक–३ की २१ बर्षीया मनिता धिमाल र सोही स्थानकी ४३ बर्षीया  रिता धिमाल दुर्घटनामा घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।