झापा । 

 झापाको शिवसताक्षी नगरपालिका–१० किरात चौकस्थित पुर्व–पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । आज (शक्रुवार) दिउँसो २ः५५ बजेको समयमा कुन्जिबारी झापाबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १ ख २७७३ न. को यात्रु बाहक बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा ११ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते भएका यात्रुहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोडतर्फ पठाईएको बस र बस चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ५६ बर्षीय  मोहनलाल राई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

साथै सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घाईते हुनेहरुमा  

१. बिर्तामोड नगरपालिका–३ का ५३ बर्षीया सुमित्रा कडरिया बाहिरि चोट नदेखिएको सामान्य ।

बिर्तामोड–३ का ७० बर्षीया डिकमाया खतिवडा हात र खुट्टामा चोट अबस्था सामान्य ।

बिर्तामोड–५० बर्षीया रुपादेवी उप्रेती हात र खुट्टामा चोट अबस्था सामान्य ।

बाह्रदशी गाउँपालिका–४ की ४० बर्षीया अस्मिमा खातुनको छाति र घुँडामा चोट अवस्था सामान्य । 

५. उनकै छोरी १३ बर्षीया सावरी खातुन खुट्टामा चोट सामान्य ।

उनकै छोरी ३५ बर्षीया सफिना खातुन पेट चोट गर्भवति रहेकी अवस्था मध्यम 

सफिना खातुनको छोरा ७ बर्षीय  ईसाफ आलम छाति दुखेको सामान्य । 

उनकै छोरा ३ बर्षीय फरियाफ आलम टाउको दुखेको सामान्य । 

शिवसताक्षी नगरपालिका–४ कि ३६ बर्षीया निर्मला काफ्लेको दाहिने कुम र दाहिने घुँडामा चोट, अवस्था सामान्य ।

१० सोही स्थानकी ३४ बर्षीया तुलसा गौतमको दाहिने कुममा चोट अवस्था समान्य ।

११ उनकै छोरा ११ बर्षीय नितेश गौतम टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य ।