झापा । 

नेपाल चलचित्र निर्माता संघको १९ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन आगामी मंसीर १ गते हुने भएको छ । संघको शुक्रवार सम्पन्न कार्यसमिति बैठकको निर्णय  अनुसार आगामी मंसीर १ गते १९औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न हुने संघका सदस्य युवराज  गिरीले जानकारी दिए । 

संघको निर्वाचन प्रकृयामा सहभागिताको लागि निर्माता संघको सचिवालयमा सम्पर्क  गरेर निर्वाचन प्रकृयामा सहभागिता जनाउन आग्रह गरिएको छ । 

 निर्वाचनको मिति भन्दा १५ दिन अगाडि नयाँ सदस्यता लिनुपर्ने र ७ दिन अगाडि नविकरण गरिसक्नु पर्ने प्रावधान रहेको संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको सूचनामा उल्लेख छ ।