झापा ।
रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको छ। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०ः३० बजे शङ्कास्पद सुटकेस फेला परेको थियो।
प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


















