बिर्तामोड । 

गायक कृष्णभक्त राई र गायिका तारा दुलालको ‘घुम्ती बाटो मोडैमा भेट भयो’ बोलको म्युजिक भिडियो चाँडै सार्वजनिक हुने भएको छ । गायक राई र गायिका दुलालको लोकदोहोरी भाकाको गीत तारा दुलाल युट्व च्यानलमार्फत करिव एक हप्ता भित्रमा सार्वजनिक हुने जनाइएको छ । 

सुवास बीभास श्रेष्ठको शब्द, मनोज राईको एरेन्ज, सुरेश राईको रेकडिस्ट रहेको गीतलाई संगीत गायक कृष्णभक्त राईले नै दिएका छन् । 

झापा र इलामको सिमानामा छायाङ्कन गरिएको उक्त गीतको क्यामेरा मेनमा भुवन राजवंशी,  ड्रोन क्यामेरामा कमल लिम्बू लावती, मेकप म्यानमा सन्तोष रिजाल, क्रोरियोग्राफरमा सौरब तामाङ छन् । गायिका तारा दुलाल निर्माता रहेकी गीतको सम्पादन तिलक रिजालले गरेका छन् । 

म्युजिक भिडियोमा कलाकार सुदिप बाबू खवास र अनिशा न्यौपानेले अभिनय गरेका छन् । गीतलाई किङ रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको निर्माण पक्षले जनाएको छ ।