झापा ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को गौरादह नगर कमिटी गठन भएको छ । गौरादह नगरपालिका–८ स्थित आज (शुक्रवार) भएको कार्यक्रमबाट सरला पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत गठन भएको हो । त्यसैगरी उपाध्यक्षमा देबिकला घले र सचिबमा लक्ष्मीकुमारी दाहाल सर्वसम्मत चयन भएका हुन् ।
सुलोचना राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा जिल्ला अध्यक्ष तारा श्रेष्ठको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेश सदस्य दुर्गा चम्लागाइ (श्रीकान्त), माओवादी केन्द्र गौरादहका अध्यक्ष गणेश राजबंशी, गौरादह इन्चार्ज लेखत खड्का, सह इन्चार्ज विशाल ढकाल, चुडा भुजेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र गौरादहका सचिब श्याम ढकालले गरेका थिए ।


















