झापा ।
झापा बिर्तामोड नगरपालिका–२ चैतुबारी प्रतिबन्धित औषधीसहित एक व्यक्ति पक्राउ परेका छन् । शनिवार साँझ ५ बजेको समयमा सोही स्थानका ३८ बर्षीय किरण राजवंशी पक्राउ परेका हुन् ।
किरण राजवंशीले सञ्चालन गरेको दिवाकर फर्मबाट प्रतिबन्धित लागुऔषध बिक्री बितरण भइरहेको भन्ने बिषेश सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त फर्मामा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ट्रामाडोल ३०० पत्ता ३००० क्याप्सुल, र Pregex–७५ लेखिएको ३० पत्ता ३०० क्याप्सुल फेलापारी प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधीसहित किरण राजवंशी समेतलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समयमा प्रतिबन्धित औषधीसहित एकपछि अर्को पक्राउ पर्ने क्रम वढ्दै गएको छ ।


















