झापा ।
झापाको कचनकवल गाउँपालिका–२ रतिबारीमा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुवेर एक जनाको मृत्यु भएको छ । आज (आइतवार) साँझ ५ बजेको समयमा एक महिलाको डुवेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा उखारू राजवंशीको श्रीमती ४६ बर्षीया उजारु राजवंशी छिन् । आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम सोही स्थानका झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर मृत अवस्थामा रहेको स्थानियहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।
जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली गएर कानुनी प्रकृयालगायतको कार्यहरु पूरा गरि लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















