बिर्तामोड ।
प्रदेश राजधानी विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ तुलनात्मक अध्ययन पुस्तकमाथि विमर्श सम्पन्न भएको छ । मार्क्सवादी ज्ञान केन्द्र द्वारा लिखित पुस्तकको विमर्श सम्पन्न भएको हो ।
समाजमा व्याप्त व्यवस्थाप्रतिको भ्रम तथ्याङ्कमै चिरफार गर्नु र पुस्तकको दोस्रो संस्मरणका लागि आवश्यक सुझाव लिनु कार्यक्रमको उद्धेश्य रहेको मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशका अध्यक्ष सीता कडरियाले जानकारी दिइन् ।
कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम खतिवडा, नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश अध्यक्ष हर्क नेम्बाङ ९मिक्सो०, नेपाली कांग्रेसका प्रवक्ता यदु बिष्ट लगायतले सुझाव राखेका थिए । प्राध्यापक कृष्ण पोख्रेल र उपप्राध्यापक इन्दिरा प्रसाईले पुस्तकमाथि विमर्श गरेका थिए । मार्क्सवादी ज्ञान केन्द्रका सल्लाहकार विश्वेश्वर कट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए । मिक्लाजुङका उपाध्यक्ष दिनेश पौडेलले पुस्तक स्थानीय तहलाई आवश्यक रहेको बताए ।
राजनीतिक नेतृत्व, सूचना प्रदान गर्ने आधिकारिक निकाय राजनीतिक दलका कार्यकर्ताहरू र निर्वाचित जनप्रतिनिधिहरु प्रति लक्षित कार्यक्रममा उल्लेख्य संख्यामा युवा जनशक्तिको सहभागिता रहेको थियो ।
मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशका अध्यक्ष सीता कडरियाको अध्यक्षतामा सम्पन्न यो कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको आवश्यकता बारे मार्क्सवादी ज्ञान केन्द्रका उपमहासचिव दुष्यान्त भट्टराईले प्रकाश पारेका थिए ।


















