झापा ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमवार) दिनको ४ बजेको समयमा ती ब्यक्तिलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका जिल्ला अर्जुनधारा नगरपालिका–२ का २८ बर्षीय प्रकाश योङहाङलाई पक्राउ गरिएको छ ।
शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















