बिर्तामोड ।
पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७ को अडिसन झापाको बिर्तामोडमा भएको छ । पूर्वको लोकप्रिय प्रतियोगिता पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७ को अडिसन गरिएको हो ।
स्थानीय स्तरमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता हुँदै आएको छ । पाँचथरको फिदिम, इलामको इालम बजार र फिक्कल, ताप्लेजुङपछि शुक्रवार बिर्तामोडमा अडिसन भइसकेको छ भने आज (शनिवार) दमकमा हुने अडिसनमा गायनको निर्णायकमा रहेका गायक दिनेश भारतीले जानकारी दिए ।
बिर्तामोडमा भएको अडिसनमा ३५ जना नृत्य र २५ जना गायनमा गरी ६० जना प्रतियोगीको सहभागी रहेको बताइको छ । अडिसनमा गायनको निर्णायकमा गायक दिनेश भारती र नृत्यको निर्णायकमा नृत्य शिक्षक सुशान चेम्जोङ रहेका थिए ।
कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, नेपाल दशनामी समाज कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी, कलाकार तथा युवा व्यवसायी याम खरेल, टेलि सिरियल जेठा बाका प्रोडुसर रेगन प्रसाई, समाजसेवी स्वइच्छा ओझालगायतको आतिथ्य रहेको थियो ।
पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७ का संयोजक खेम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले पारेका थिए । कार्यक्रमको सञ्चालन प्रतियोगिताका को–अडिनेटर सुमन योगीले गरेका थिए ।


















