झापा । 

झापाको भद्रपुर नगरपालिका–३ भैसाबाडीस्थित मेची खोलाले बगाएर ल्याएको मृत अवस्थाका एक व्यक्ति फेला परेका छन् । आज दिनको १२ः२० बजेको समयमा खोलाले बगाएर मृत अवस्थामा ती व्यक्ति फोला परेका थिए । 

तत्काल नाम ठेगाना नखुलेका उनी कचनकवल गाउँपालिका–६ का ६५ बर्षीय सोनुलाल मुर्मु भएको प्रहरीले जनाएको छ । खोलाले बगाउँदै गरेको अवस्थामा उनलाई स्थानीयले देखेर खोलाबाट निकाले हेर्दा मृत्यु भइसकेको बताइएको छ । मृतककी छोरी सुशिला मुर्मुले उनको पिता भएको पहिचान गरेकी प्रहरीले जनाएको छ ।

 मृतम मुर्मु नेपालबाट भारत छोरी जाँदै गर्दा मेची खोला तर्ने क्रममा डुवेर मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।  घटनाको बिषयमा थप अनुसन्धानका लागि तालुक वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।