लक्ष्मीपुर । 

संयुक्त पहिचानवादी मोर्चा झापाले जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको घोर आपत्ति जनाएको छ । मोर्चाका झापा संयोजक तथा संगठन विभाग प्रमुख एलबी पालुङ्वाले जेनीजी युवामाथि सरकारले गरेको आक्रमणको घोर निन्दा र भत्सना गरेको छ । प्रहरी र आन्दोलनकारी बिच भएको झडपबाट मृत्यु भएका युवाहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारलाई हार्दिक समवेदना दिएका छन् । 

उनले भने ‘आजको प्रदर्शनमा सहादत युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली साथै सलाम छ । परिवारजनमा समवेदना प्रकट गर्दछु । घाइते आन्दोलनकारी मित्रहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ ।’ 

इटली एकीकरणका प्रणेता मेजेनीले  भने का छन् ‘युवाहरुमा असिम शक्ति छ, त्यसैले राज्य चलाउन देऊ’ । त्यस कारण, हाम्रो देशको देशको समृद्धि र विकास युवाहरुको हातमा छ ।’ नेता पालुङ्वाले भनेका छन् । 

सरकारले सामाजिक सञ्जालमा लिएको प्रतिगमनकारी अदुरदर्शी निर्णय तुरून्त फिर्ता गर्न आग्रह गर्दै नेता पालुङ्वाले दमन बन्द गर्न आग्रह गरेका छन् । ‘आन्दोलकारी युवाहरु ज्यादै संयम भएर हुन सक्ने सम्भावित घुसपैठबाट बच्नको लागि पनि आग्रह गर्दछु ।’