झापा । 

राज्यका तीनै तह जेनजी युवा पुस्ताले कब्जा कब्जामा लिएका छन् ।  देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए ।

अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।

स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । जेनजी युवाहरुले सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो । सोमबार प्रहरीको गोली लागेर १९ जनाको युवाको मृत्यु भएको थियो भने सयौंको संख्यामा घाइते भएका थिए । त्यस्तै आज (मंगलबार) कालिमाटीमा थप दुई जनाको ज्यान गएको छ ।