बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकास्थित प्रहरी कार्यालय अनारमनीबाट खोसिएका प्रहरीका हतियार नेपाली सेनालाई जिम्मा लगाइएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट खोसेका हतियार आज (मंगलबार) साँझ मानव अधिकारवादी र रेडक्रसकर्मीको रोबहरमा नेपाली सेनालाई बुझाइएको हो ।
पदर्शनकारीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, मानव अधिकारवादी सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायतको रोबहरमा आदिमन गण ब्याच नं. ६२०० सेनानी दीपेन्द्र वुढालाई जिम्मा लगाएका छन् ।
प्रदर्शनका क्रममा बन्दुक, असुरग्यास, खुकुरी, हातकड्डी, लठीडन्डालगायतका हतियार सेनाको जिम्मा लगाएका छन् ।


















