झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा दुर्घटना भएको थियो । 

इलामबाट झापाको चारआलीतर्फ आउँदै गरेको प्र. ३–०२–००७ प ६०९० नम्बरको माटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । दुर्घटनमा चालक भद्रपुर नगरपालिका–६ भानु चौकका अन्दाजी ५९ बर्षीय राम श्रेष्ठ गम्भीर घाईते भएका थिए ।

घाइते उनलाई उपचारको लागि स्थानियहरुले देखेर तत्काल प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएका थिए । अस्पताल पुग्न साथ चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको र शव सोहि अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।