बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले जेन–जीप्रति समर्थन जनाएको छ । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा जेन–जीले शुरु गरेको आन्दालनको समर्थन गरेको हो ।
पार्टी जिल्ला समन्वय समिति झापाले आज (बिहीवार) पार्टी कार्यालयमा भ्रष्टाचार मूक्त उन्नत लोकतन्त्रको सपना बोकेर शुसासनको पक्षमा जन–जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण यूवाहरुमा भावपूर्ण श्रद्धान्जली तथा परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
भ्रष्टाचार विरुद्ध शुसासन, सामाजिक न्याय र समृद्धिका पक्षमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) ले चालेको कदमबाट आत्तिएर स्वार्थ सुमूहको सेवा गर्न भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले गठित के.पी. ओली नेतृत्वको जनविरोधी हर्कतका कारण जनताको जाक्रोशले चरम रुप लिएको जनाएको छ ।
जेन–जी पुस्ताका यूवाहरुको आवाजलाई बर्बर तरिकाले कुल्चिन के. पी. ओली नेतृत्वको सरकारले भयानक नरसंहार मच्चाएको र भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सहि भएको जनाएको छ ।
पार्टीका जिल्ला बिभिन्न तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताको भेलालले त्यसमाथि सरकारले पहिलो दिन नै बर्बर नरसंहार गरेको जनाएको छ । पार्टीले जेन–जी पुस्ताले चलाएको आन्दोलनको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) झापा समर्थन व्यक्त गर्दछ । र सफलता प्राप्त गरि सकेको अन्दोलनको सार्थक निष्र्कष र परिणामको कामना गर्दछ । भेलापछि जारी बक्तब्यमा उल्लेख छ । भेलाले ५ बुँदे बक्तब्य समेत जारी गरेको छ ।
यस्तो छ जारी बक्तब्य :




















