झापा । 

जिल्ला प्रशासन कार्यालय झापाले आजपनि कफ्र्यूको आदेश जारी गरेको छ । गत भाद्र २३ र २४ गतेको जेन–जी नेतृत्वको आन्दोलन समाप्त भएपछि जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने उदेश्यले आज पनि कफ्र्यू जारी गरेको हो । 

भाद्र २८ गते बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिएकोमा परिस्थिति अझै सामान्य भई नसकेकोले कफ्र्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । 

सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि मात्र आज बिहान ६ बजेदेखि ११ बजेसम्म कफ्र्यू खुकुलो गरिएको छ । उक्त अवधिमा पनि अत्यावश्यक भएमा मात्र घर बाहिर निस्किन र भीडभाड नगर्न प्रशासनले आग्रह गरेको छ । 

आज विहान ११ बजेदेखि साँझ ५ बजेसम्म लागू हुने गरी पुनः कफ्र्यू जारी गरिएको छ । कफ्र्यूको अवधिमा घरबाहिर ननिस्कन र निस्कनै पर्ने जरुरी काम परेमा सुरक्षा निकायसँग सम्पर्क गरी अनुमति लिएर मात्र निस्कनप्रशासनले एक सूचना जारी गर्दै आग्रह गरेको छ । 

सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि आज साँझ ५ वजेदेखि साँझ ७ बजे सम्म कफ्र्यू पुनः खुकुलो गरिनेछ । यसैगरी साँझ ७ बजेदेखि भाद्र २९ गते विहान ६ बजेसम्म पुनः कफ्र्यू आदेश जारी रहनेछ । 

कफ्र्यूको अवधिमा अत्यावश्यक सेवा (एम्बुलेन्स, शबबाहन, दमकल, रेडक्रस, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दुध, पानी, तरकारी बोकेका तथा बिद्युत÷दुरसञ्चार सेवा सुचारु गर्न परिचालित हुने सवारीसाधन) एवं परिचयपत्र वाहक सञ्चारकर्मीका सवारीसाधन भने सञ्चालन  गर्न सकिने जारी सूचनामा उल्लेख छ ।