झापा ।
सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । गत भदौ २३ र २४ गते जेनजी युवाको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन लागिएको छ ।’
आगामी असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भदौं ३० गते निर्णय भएको अनुसार सूचना प्रकाशित गरिएको हो ।


















