बिर्तामोड । 

संविधान रक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाल पत्रकार महासंघले प्रभातफेरी गर्ने भएको छ ।  संविधान दिवसको अवसर पारेर भोलि (शुक्रवार) नेपाल पत्रकार महासंघ झापा शाखाले प्रभातफेरी कार्यक्रम गर्न लागेको हो । 

भोलि बिहान ७ः४५ बजे नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा झापाको बिर्तामोडस्थित मुक्तीचोकमा प्रभातफेरी कार्यक्रम गर्न लागिएको महासंघ झापा अध्यक्ष एकराज गिरीले जानकारी दिए । 

महासंघ झापाको अगुवाईमा नागरिक तथा सामाजिक संघसंस्थाको सहभागितामा भोलि असोज ३ गते अर्थात शुक्रबार संविधान दिवसको अवसरमा प्रभातफेरी तथा कोणसभाको आयोजना गरिएको महासंघले जनाएको छ । 

उक्त कार्यक्रममा सहभागीताका लागि झापाका सबै सञ्चारकर्मीहरु, नागरिक समाज, सामाजिक संघसंस्थाहरुलाई व्यानरसहित उपस्थितिका लागि महासंघ झापाले आग्रह गरेको । संविधानको रक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आवाज बुलन्द गर्ने उदेश्यले प्रभातफेरी गर्न लागिएको बताइएको छ ।